Shittalpati
रिडी बजार क्षेत्रको सरसफाई

गुल्मी, जिल्लाको रुरु क्षेत्र गाउँपालिका– १ रिडी बजार क्षेत्रको सरसफाई गरिएको छ । रुरु टोल विकास संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा आफ्नो नियमित कार्य अन्तर्गत बजार क्षेत्रको सरसफाई गरेको हो । 

ईलाका प्रहरी कार्यालय रिडी, स्थानीय व्यवसायी, समाज सेवी, युवा, महिलाहरुले सरसफाई गरेको टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताए । रिडी बजारलाई  जिल्लाभित्रकै सुन्दर, सफा ग्रिनसिटी र स्मार्टसिटी बनाउने उद्देश्यअनुरूप सरसफाइ अभियानको सुरुवात गरिएकोउनले बताए । अध्यक्ष भण्डारीले भने, ‘आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा कुचो र झाडु बोकेर निस्किएका हौं । अहिले विभिन्न खालका रोगहरू डेंगु र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थाले त्यसको समेत नियन्त्रण गर्नका लागि सरसफाइ अभियानको सुरुवात गरिएको हो ।’


रिडी धार्मिक क्षेत्र भएका कारण यसको सरसफाई र पवित्रता कायम गर्दै बढी भन्दा बढी धार्मिक पर्यटकहरुको आगमन र बसाईलाई व्यवस्थित गर्न सरसफाईले महत्वपूूर्ण भूमिका खेल्ने स्थानीय युवा अमूल्य श्रेष्ठले बताए । उनले रिडीको पौराणिकतालाई बचाउनका लागि स्थानीयस्तरबाटै सक्रियताको खाँचो रहेको उल्लेख गरे ।


 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update