Shittalpati
लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र

बुटवल, लुम्बिनीमा फागुन २८ देखि २९ गते सम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको तयारी तिव्र पारिएको छ । नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक समितिले जनाएको छ । संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारीका लागि आवश्यक परामर्श गर्न मुख्यमन्त्री सहितको टोलीले केही दिन अघि संघीय सरकार र राजनीतिक नेतृत्वसँग छलफल गरिसकेको छ । सम्मेलनलाई सफल बनाउन संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ ।  सम्मेलनमा विभिन्न राष्ट्रका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित  भएको छ । सम्मेलनका क्रममा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनबारे विकासोन्मुख राष्ट्रका प्रतिनिधिहरूसँग प्रदेश सरकारको छुट्टै नीतिगत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update