Shittalpati
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम 

पाल्पा, जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सुखी र समृद्ध जीवनका लागि योग ध्यान सहित सकारात्मक सोँचको खाँचो पर्ने बताए । उनले भौतिक सुख सुविधाले मात्र मानिसको जीवन खुशी नहुने भन्दै आत्मज्ञान र आत्म सन्तुष्टिले मात्र सुखी र खुशी बनाउने जानकारी दिए । जीवनलाई समृद्ध र समाजलाई अनुशासित बनाउनका लागि सकारात्मक सोँच र आफुलाई चिन्न आवश्यक रहेको उल्लेख गरे । नगर प्रमुख थापाले मानिसले आफुलाई चिन्न नसक्दा र सकारात्मक सोँचको कमीका कारण समाजमा विकृति विसंगति फैलिरहेको औँल्याए । दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर पाल्पामा कार्यक्रममा समृद्ध जीवन विज्ञानका विशेषज्ञ योग साधक एलपि भानु शर्माले प्रवचन दिएका थिए उनले जीवनलाई समृद्ध बनाउन स्वयम आफु भित्रको क्षमताको पहिचान र हरेक आवश्यकता परिपूर्ति गर्नुपर्ने बताए । साथै उनले अरुको आवश्यकता पुरा गरेर जीवनको समृद्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले प्रवचन सहितको प्रशिक्षणमा सिकाईएका कुरा व्यवहारमा लागु गरी जीवनलाई समृद्ध बनाउन आग्रह गरे । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा १ का वडाध्यक्ष कपिलबहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update