Shittalpati
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना

पाल्पा, तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।  

 कार्यक्रमका प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले एसइईको तयारीमा जुटेका विद्यार्थीहरुलाई निर्धक्कका साथ परीक्षाको तयारीमा जुट्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे  । उनले विद्यालयले  गुणस्तरीय शिक्षा  प्रदान गरी विद्यार्थीहरुको व्यक्तित्व निर्माणमा  लागिपरेको बताउँदै एसइईमा उत्कृष्ट नतिजा ल्याउने दिशामा समेत विद्यालय लागि परेको बताए ।  

विद्यालयका  प्रधानाध्यापक दिपक प्रसाद ज्ञावलीले उत्कृष्ट नजिता ल्याउने गरी परीक्षामा जुट्न सबै विद्यार्थीलाई आग्रह गरे । उनले विद्यालयको इतिहासका बारेमा जानकारी दिर्दै आगामी  दिनमा  विद्यार्थीहरुले मोहन  कन्यालाई  थप उचाईमा पुर्‍याउने अपेक्षा गरेको बताए ।

 कार्यक्रममा कम्प्युटर प्राविधिक तर्फका संयोजक इन्जिनियर तिलक राम भण्डारीले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको औल्याउँदै परीक्षाको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा कक्षा १० कि सोनिका रुचालले गुरुहरुले भनेझैं  परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रतिवद्धता जनाउदै विधालयको योगदानलाई  कहिले पनि नबिर्सने धारणा व्यक्त गरिन् । कार्यक्रममा एसइई दिने छात्राहरूलाई अविर, खादाले सम्मान समेत गरिएको  थियो । कक्षा ९ मा अध्ययनरत नुरिसा बाह्रघरेको अध्यक्षता, दिपा तिमिल्सिनाको स्वागत, सन्जु गाहा र सन्ध्या पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update