Shittalpati
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन

पाल्पा, लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोडेर काठमाडौंको बानेश्वरस्थित संसद भवन प्रवेश गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुतेर विरोध गरेका थिए । संसद भवनभित्रै प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै छिरेर विरोध जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update