Shittalpati
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
पाल्पामा किट अभावका  कारण रोकियो स्वाव संकलन
पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’ पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र...
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी जिल्लाको रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्‍याउने काम गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्‍याएको हो ।
नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो
नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार यो समाचार तयार पार्दा सम्ममा एकै दिन १ सय ८९ जनामा देखिएपछि संक्रमितको संख्या एक हजार चार सय एक पुगेको हो ।
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो ।
Weather Update