
ज्योतिष स्मुकुन्द पोखरेल
यदि वास्तुपूजनको नक्षत्र पूर्वदिशाको छ भने पश्चिम दिशाको नक्षत्रमा गृहारम्भ गर्नु अशुभ हुन्छ । पश्चिम दिशाका नक्षत्रहरूमध्ये कुनै एक छ भने पूर्वदिशाका नक्षत्रमा पर बनाउनु अशुभ हुन्छ । यसको उल्टो पर्वको वास्तुनक्षत्र भए उत्तर अशुभ र पश्चिमको नक्षत्रमा वास्तुको नक्षत्र भए दक्षिणमा अशुभ मानिन्छ।
महिना फल सूर्य
वैशाख शुभरलाभ मेष
ज्येष्ठ धनवृद्धि वृष
असार मृत्यु मिथुन
श्रावण शुभ कर्कट
भाद्र कामदारमा वृद्धि सिंहआश्विन रोगरभय कन्या
कार्तिक सुखरसंमृद्धि तुला
मार्गशीर्ष धनधान्य वृद्धि वृश्चिक
पौष हानी धनु
माघ धनप्राप्ति मकर
फाल्गुण रत्न आभूषण लाभ कुम्भ
चैत्र डररत्रासररोग मीन
ढुङ्गा, माटो प्रयोग गरी अशुभ मासमा पनि झिगटी, फुसको घर बनाउन सकिन्छ । सिमेन्ट, चूना, इँटा प्रयोग गरेर घर बनाउँदा जेठ, कार्तिक, मार्गशीर्ष, भदौ, शुभ मानिन्छ भने माघ, फाल्गुण, वैशाख आश्विन, कार्तिक सामान्य मानिन्छ ।
घडेरी चयन गरीसकेपछि ज्योतिषीय सल्लाह वा मुहूर्त चार पटक आवश्यक पर्दछ । पानीको स्रोत (इनार, कुवा, कल) खन्दा, शिलान्यासको समयमा, प्रमुख द्वार स्थापनाको समयमा र गृहप्रवेशको समयमा मुहूर्त हेर्नु पर्दछ। घर बनाउन चैत्र, वैशाख, श्रावण, कार्तिक, र माघ महिनालाई राम्रो मानिन्छ । आधिकमास र क्षयमासमा मुहूर्त दिइदैन । मुहूर्तका लागि सबै शुक्लपक्षका प्रतिपदा, नवमी र पूर्णिमाबाहेक विषम तिथि शुभ मानिन्छन् । आदित्यादि सात वारमा सोमवार, बुधवार, विहिवार, शुक्रवार राम्रो मानिन्छ।
कुवा, इनार खन्न कर्कट, मकर, मीन लग्नमा शुभ मानिन्छ । प्रमुख प्रवेश द्वार बनाउन अर्थात् चौखट राख्न बृहस्पति, शुक्र उदय स्थिर लग्न र स्थिर राशिमा हुनुपर्दछ । बुधवार वा शुक्रवार,शुभ तिथि, चन्द्रगणनाअनुसार वैशाख, जेष्ठ, माघ र फाल्गुण महिना गृहप्रवेशका लागि सर्वश्रेष्ठ मानिन्छन् । कार्तिक र मंसिर महिनालाई पनि सामान्य रूपमा गृहप्रवेश गर्न सकिन्छ । गृहप्रवेशका लागि लग्न स्थिर राशिको हुनुपर्दछ। शुभदिन अर्थात् सोम, बुध,वृहस्पि र शुक्रवार पर्नु राम्रो मानिन्छ।