
गुल्मी । जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए । शनिवार भारतबाट घर फर्केका परियारलाई दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।
शनिवार साँझ चर्पी जान क्वारेन्टाईनबाट बाहिर निस्किएका परियार खाने समय हुँदासम्म नआएपछि खोज्दै जाने क्रममा क्वारेन्टाईन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरीक्ष (एसपी) खड्काले बताए ।