
गुल्मी । नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् । सहयोग गर्नेहरुमा नेपाली काँग्रेस जिल्लाका पूर्व कार्यवाहक सभापती, महासमिति सदस्य रविराज ज्ञवाली र नेपाली काँग्रेस छत्रकोट ५ गाउँ कार्यसमितीका पूर्व सभापती एवं पूर्व क्षेत्रीय सदस्य तथा पूर्व गाविस उपाध्यक्ष नारायणप्रसाद अर्यालको नेतृत्वमा आर्थिक संकलन गरिएको थियो ।
सामग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस छत्रकोट गाउँपालीका सभापती अनन्त पौडेल, पूर्व गाविस अध्यक्ष तुलसीराम पन्त, नेपाली काग्रेस छत्रकोट ५ का पार्टी सचिव रामप्रसाद कँडेल लगायतका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । छत्रकोट ५ खज्र्याङ्ग मानकोट हाल काठमाडौं बसोवास गर्दै आएका युवाहरु रामप्रसाद भण्डारी, मदन अर्याल अर्जुन कुमार अर्याल, मोहन अर्याल, वोधराज कँडेल, विक्रम ज्ञवाली, मनोज गौतम, गीता अर्याल, प्रदिप कँडेल, अनिल ज्ञवाली, दिवस गौतम, मधु पाण्डे, लक्ष्मण गौतम, अरुण ज्ञवाली लगायतका व्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गरेका थिए ।
भारत लगायत अन्य मुलुकबाट आई छत्रकोट ५ खज्र्याङ्ग र मानकोटमा क्वारेन्टीनमा रहेका दाजुभाइ तथा दिदीवहिनीहरुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनको लागि क्वारेन्टीनमा रहेका तथा फ्रन्टलाइनमा बसेर काम गर्दै आएका विभिन्न संघ संस्थाहरु, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु र स्थानीयहरुको रोहवरमा सर्जिकल माक्स, सेनिटाइजर, थर्मलगन, फिनेल, पिपिइ सेट, केएन ९५ माक्स लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको थियो ।