Shittalpati
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् ।

यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् । किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् । रासस

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update