Shittalpati
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री

बुटवल । पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाईँ र क्षेत्र नं २ का संयोजक तेजेन्द्र केसीले प्रेस अङ्कित ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीका संकटमा परिचयसहित कार्यथलोमा खटिँदा पत्रकारलाई केही हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । नेकपा महासचिव तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारका लागि उक्त सामग्री उपलब्ध गराएको नेकपा प्रचार विभाग प्रमुख चापागाईँले बताए । प्राप्त सामग्री महासंघका सदस्यलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update