Shittalpati
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री

कृष्ण पोखरेल
पाल्पा, परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो । संस्थाले सुरक्षित गर्भपतनका औषधी तथा औजार, सुरक्षित सुत्केरीका लागि आवश्यक सरसमान समेत सहयोग गरेको छ । आईपास नेपाल प्रदेश पाँचका संयोजक जीवन देवकोटाले जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीलाई हस्तान्तरण गरेका थिए । आई पासबाट पाएको स्वास्थ्य सामग्री जिल्ला समन्वय समितिले जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ । आईपासबाट पाएको स्वास्थ्य सामग्री जिल्लाका २२ वटा स्वास्थ्य संस्थालाई वितरण गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । आईपास नेपालले जिल्लामा विगत ४ बर्ष देखी परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update