Shittalpati
नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो

पाल्पा, नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार यो समाचार तयार पार्दा सम्ममा एकै दिन १ सय ८९ जनामा देखिएपछि संक्रमितको संख्या एक हजार चार सय एक पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १ सय ८९ जनामा संक्रमण देखिएको बताए । संक्रमितमध्ये पुरुष १ सय ८५ र महिला चार रहेका छन् । यो देखिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार पनि १ सय ७० जनामा संक्रमण देखिएको थियो । १३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २ सय १९ जना निको भएर घर फर्किएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update