Shittalpati
वर्षाले पुलमा क्षति
वर्षाले पुलमा क्षति र्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो ।
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमै किरिया शुरु !
क्वारेन्टाइनमै किरिया शुरु ! दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसेका हुन् ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु होम क्वारेन्टाइनमा बसेका जिल्लाका एक पुरुषको गए राती मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना रुपन्देहीको भैरहवामा रहेको “नयाँ गाउँ–रानीगाउँ युवा समाज” पक्लिहवामा आवद्ध युवाहरुले १३ हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् ।
परिवारमा प्रविधिको असर !
परिवारमा प्रविधिको असर ! अहिलेको यो सूचना प्रविधि अनि विकशित हुँदै गइरहेको समाजमा कहीं हामीहरूबाट केहि भूल चुक त भइरहेको छैन ? हामीद्वारा आफ्नो लगायत घरका साना नानी बाबुहरुको हेरचाह अनि पालन पोषण गर्ने क्रममा कही कमी त भइरहे को त छैन ? एक पटक आफैले आफैलाई प्रश्न गरौं के तपाईलाई थाहा छ कि...
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर...
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए...
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले...
Weather Update