५० हजार थान पीसीआर प्रदान
मंगलबार, असार २, २०७७

मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मंगलबार, असार २, २०७७
मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।

दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि
मंगलबार, असार २, २०७७
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।

गुल्मीका सुरक्षाकर्मीलाई पिपिइ
सोमबार, असार १, २०७७
जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार...

माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
सोमबार, असार १, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...

बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
सोमबार, असार १, २०७७
शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।

पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो
सोमबार, असार १, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्र पाल्पामा १० जना सक्रमित थपिएका हुन । थपिएका सक्रमित १० जना पूर्वखोला गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नंं ५ विरकोट स्थित जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका वडा नंं १ का ६ जना पुरुष, वडा नंं २ का...

आजबाट दुई सिफ्टमा खुले कार्यालय
सोमबार, असार १, २०७७
आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी...

जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, असार १, २०७७
जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।

पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि
आइतबार, जेठ ३२, २०७७
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि भएको छ । आईतबार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पाल्पाका १७ जना र गुल्मीका ८ जनामा संक्रमण देखिएको हो ।

पाल्पामा एकै दिन १७ जनामा कोरोना, संक्रमितको संख्या ४० पुग्यो
आइतबार, जेठ ३२, २०७७
जिल्लामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
आइतबार, जेठ ३२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
आइतबार, जेठ ३२, २०७७
कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।