Shittalpati
जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश

रमेश विश्वकर्मा

गुल्मी । जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।

जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङका काउछालाई सोही स्थानका दलित युवा श्याम परियारलाई घरभित्र पसेको भन्दै जातीय विभेद गरेको आरोपमा अभियोग दायर भएको थियो । आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालतले तत्काल थुनामा राखेर कारवाही गर्ने प्रकृतिको पनि नदेखिएको र साधारण ताखिरमा छोड्ने प्रकृतिको पनि नदेखिएकाले पछि अनुसन्धान गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई ६० हजार धरौटी लिने वा जेथा जमानत लिने गरी थुनछेक आदेश भएको श्रेष्तेदार भुसालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update