Shittalpati
गुल्मीका सुरक्षाकर्मीलाई पिपिइ

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ३९ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।

जिल्लाका पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन, पार्टी उप–सभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, लगायतका जिल्लास्थित कांग्रेस नेताहरु र गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिका सदस्य सन्तोष पाण्डेको उपस्थितिमा प्रजिअ शर्मालाई पिपिइ हस्तान्तरण गरिएको थियो । पीपीई हस्तान्तरण गर्दै सभापति श्रेष्ठले कोरोनाको जोखिमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीलाई सजिलो होस् भन्ने उद्देश्यले काँग्रेस काठमाडौ सम्पर्क समितिले पिपिई पठाएको बताए । प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गरेकोमा कांग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समिति र गुल्मी कांग्रेसलाई धन्यवाद दिए ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update