Shittalpati
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग

रमेश विश्वकर्मा

गुल्मी । कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।

सरकारले आर.डि.टी. परीक्षण नरोकेको पिसिआर परीक्षण नबढाएको, क्वारेन्टाइनको राम्रो व्यवस्थापन नभएको भन्दै युवाहरुले आक्रोश पोखेका थिए । क्वारेन्टाइन कोरोना संक्रमण बढ्ने केन्द्र बनेको भन्दै उनीहरुले दुःख प्रकट गरेका थिए । राज्यको कोरोना नियन्त्रणमा लागेको खर्च अनुसारको काम नभएको भन्दै उनीहरुले सरकारसँग १० अर्बको काम देखाउन समेत माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update