Shittalpati
पाल्पामा एकै दिन १७ जनामा कोरोना, संक्रमितको संख्या ४० पुग्यो

पाल्पा । जिल्लामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १६ जना पुरुष र एक जना बालिकामा कोरोना संक्रमण देखिएको हो ।

रम्भा गाउँपालिकाका १३ वर्षिय एक बालिकामा संक्रमण देखिएको छ । संक्रमण देखिनेहरु क्रमश ४८, २९, ४६, १९, २०, २२, २५, ४१, १६, १३, ३६, २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । यस अघी २३ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update