Shittalpati
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी । होम क्वारेन्टाइनमा बसेका जिल्लाका एक पुरुषको गए राती मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिए । उनका अनुसार उनी गत जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइन बसेका थिए ।

उनको बिहीबार आरडिटी जाँच गर्दा पोजेटिभ आएको र उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपती आर्चायले जानकारी दिए । परिवारको सहमति अनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले ब्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए । उनी पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका थिए । उनी भारतबाट उपचार गराएर आएको परिवार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update