Shittalpati
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

अर्घाखाँची । जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।

मालारानी गाउँपालिका ५ आरुखोला निवासी ४९ वर्षीय मनबहादुर खत्रीको घर नजिकै आरुखोलामा बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खेतमा रोपाइँ गरी फर्कने क्रममा उनी भिरबाट लडेका थिए । यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर २ भलायडाँडा निवासी ५५ वर्षीय बसन्त कुमालको सन्धिखर्कको पाणिनी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा लडेर घाइते भएका थिए । उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update