Shittalpati
पाल्पामा पहिरोका कारण घर भत्किनुको साथै भैंसीको पाडी पुरियो

रामचन्द्र रायमाझी
पाल्पा । गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैसीको पाडी पुरी मृत्यु भएको छ । निस्दी गाउँपालिका ४ मा एक घर भत्किएको हो । निस्दी गाउँपालिका ४ भिरपानी बस्ने निर बहादुर परियारको ढुङ्गा माटोले बनेको जस्ता र खरको छानो भएको २ तले कच्चि घर भत्किएको छ । घर भत्किदा मानविय र चौपायाको भने कुनै पनि क्षती नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भने पूर्णरुपमा क्षती हुँदा ३ लाख ५० बजार बराबरको क्षती भएको छ ।

यस्तै रिब्दीकोट गाउँपालिका ४ हटियामा पहिरोको कारण भैसीको पाडीको मृत्यु भएको छ । हुप बहादुर तङ्नामी मगरको घर माथिबाट खसेको पहिरोले गोठमा भएको पाडीलाई पुर्दा मत्यु भएको हो । पहिरोले ३ वर्षको पाडीको मृत्यु हुनुको साथै गोठ पूर्णरुपमा क्षतविच्छे हुँदा एक लाख बराबरको क्षती भएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update