Shittalpati
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण

पाल्पा । नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए ।

उनी विहिबार वडा अध्यक्ष सागरमान महर्जन सहित क्वारेन्टाइन स्थल पुगेका हुन् । निरीक्षणका क्रममा नेता कर्माचार्यले वडाको क्वारेन्टाइन व्यवस्थित रहेको बताए । उनले जिल्लाका अन्य क्वारेन्टाइनहरु व्यस्थित नभएकाले व्यस्थित बनाइनुपर्ने, नेपाल सरकारको न्यूनतम मापदण्ड अनुसारको सेवा सुविधादेखि सामन्य दैनिक खाजा नास्ता, पर्याप्त मात्रमा माक्स, सेनेटाइजर, साबुन पानी, सफा शौचालय, मनोरञ्जन तथा ध्यान योग जस्ता अत्यावश्यक वस्तुहरुको व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले भने ‘जिल्लाका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था विजोग रहेका छन्, त्यहाँ बस्ने नागरिकहरुका लागि खानेपानी र समयमा मापदण्ड अनुरुप खानाको व्यवस्थापन नहुनु अत्यन्त दुखद् हो, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

उनले क्वारेन्टाइनमा रहेका नागरिकको तत्कालै पिसिआर परीक्षण गराउन समेत आग्रह गरेका छन् । वडा अध्यक्ष महर्जनले वडामा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थित बनाइएको र आवश्यक परेको खण्डमा थप व्यवस्थापन मिलाउने बताए । उनले क्वारेनटाइनमा रहेका नागरिकहरुका लागि सम्पूर्ण व्यवस्था मिलाइएको बताए । नेता कर्मचार्यले तानसेन लगायत जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनहरुको निरीक्षण गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update