Shittalpati
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए

पाल्पा । जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पर्किएका छन् ।

उनीहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र अवस्था सामान्य रहेपछि घर पठाइएको सम्बन्धीत अस्पतालहरुले जनाएका छन् । उनीहरु सबैलाई घरमा गएर एक हप्ता होम क्वारेन्टाइनमा बस्न र कुनै समस्या भएमा अस्पताल आउन सुझाव सहित पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update