Shittalpati
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो

कृष्ण पोखरेल
पाल्पा । जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १६ जना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । सक्रमित हुनेहरुमा १९ बर्ष देखी ४५ बर्ष उमेर समुहका रहेका छन । सक्रमित मध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । सक्रमित हुनेहरुमा वडा नंं ६ यम्घाका ९ जना पुरुष, र ४ जना महिला, वडा नंं ७ खानीगाउँका ३ जना पुरुष रहेका छन् ।


सक्रमित हुनेहरुमा वडा नंं ६ यम्घाको भगवती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ९ जना, अरनी आधारभुत विद्यालयमा बसेका १ जना, सिता माविको क्वारेन्टाइनमा बसेका ३ जना र वडा नंं ७ खानीगाउँको खानीगाउँ माविमा बसेका ३ जना रहेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । गाउँपालिकाले क्वारेन्टाइमा बसेका १ सय १५ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाएकोमा १६ जनाको पोजेटिभ, ७६ जनाको नेजेटिभ र २३ जनाको रिपोर्ट आउन वाकी रहेको अध्यक्ष बस्यालले जानकारी दिए । सक्रमित १६ जनालाई आज तानसेनको आईसोलेसमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । उनीहरुको अवस्था समान्य रहेको छ । बगनासकाली गाउँपालिकामा मात्र सक्रमित हुनेको संख्या १७ पुगेको छ ।


यस अघि रम्भा गाउँपालिकामा १६ जना,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, रिव्दीकोगाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, बगनासकाली गाउँपालिकामा १ जना ,तिनाउँ गाउँपालिकामा १ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक /एक जनामा कोरोना सक्रमण देखिएको छ । सक्रमित मध्ये एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update