Shittalpati
परिवारमा प्रविधिको असर !

अहिलेको यो सूचना प्रविधि अनि विकशित हुँदै गइरहेको समाजमा कहीं हामीहरूबाट केहि भूल चुक त भइरहेको छैन ? हामीद्वारा आफ्नो लगायत घरका साना नानी बाबुहरुको हेरचाह अनि पालन पोषण गर्ने क्रममा कही कमी त भइरहे को त छैन ? एक पटक आफैले आफैलाई प्रश्न गरौं के तपाईलाई थाहा छ कि अन्वेषकहरुका अनुसार विश्वमा लगभग ८० प्रतिशत १८ वर्ष मुनिका बालबालिकाहरू डिजिटल देविसेसको (Digital-Devices) सम्पर्कमा हुन्छन् ।

डिजिटल देविसेसहरुमा मोबाइल फोन, ल्यापटप, डेस्कटप, ट्याब्लेटहरु पर्दछन् । तपाईहरूलाई लाग्छ कि यी सबै वस्तुहरुको प्रयोग गर्न दिनु उचित छ कि छैन ? तपाईहरुले पक्कै पनि त्यो उचित मान्नु हुँदैन होला ? तर एक चोटी विचार गर्नुस् कि जब तपाईहरुको बालबालिकाहरुले खाना खान मान्दैनन् या रुन थाल्छन् उनीहरूको कलिलो हातमा फोन थमाएर कार्टुन भिडियो (Cartoon) लगाइदिने चाई को हो ? तपाईहरू आफै नै हो हैन ? बालबालिकाहरूको अबोध अनि जिज्ञासु स्वभावका कारणले उनीहरू आकर्षित हुनु र बानि पर्नु स्वाभाविक नै हो । समधान खोज्नु भन्दा पहिला मुख्य समस्या तर्फ लागौं ।

के तपाईलाई थाहा छ कि मोबाइल फोनबाट Radio frequency Electro magnetic Radiation ko उत्सर्जन
(emmission) हुन्छ । यो रेडियशनको नकारात्मक असर मनुष्यको मस्तिष्कमा पर्दछ भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वयस्क मानिस भन्दा साना बाल बालिकाहरुको मस्तिष्कमा असर २ देखि ५ गुणा धेरै हुन्छ भन्ने पत्ता लागेको छ । बालबालिकाहरुको जन्मदेखि ८–१० वर्षसम्म मस्तिष्कको विकासात्मक चरण चलिरहेको हुन्छ । त्यहि समयमा यी रेडियशनले उनीहरूको कलिलो मस्तिष्कमा नकारात्मक असर पर्दछ । नकारात्मक असरहरुमा व्यवहारमा परिवर्तन जस्ता कि ः अति सक्रिय हुने, भावनात्मक समस्या तथा अरु बालबालिकाहरूसँग अन्तक्र्रिया गर्न नसक्ने हुन् । लामो समयसम्मको कन्ट्याक्टले मस्तिष्कको सेलमा क्षति पु¥याउने कुरा वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

यसको समाधान छ आतिनु पर्दैन । बालबालिकाहरूलाई फोन दिँदा आफ्नो फोनलाई (flight mode) मा राखेर चलाउन दिने, राती सुत्ने बेलामा फोनलाई आफ्नो सिरानी मुनि हैन कि टाढा टेबलमा राख्ने, सकेसम्म फोनलाई आफ्नो शरीरबाट टाढा राख्ने, फोनमा कुरा गर्दा लामो समयसम्म एउटै कानमा लगाएर नराख्ने, त्यसको सट्टा हेडफोनको प्रयोग गर्ने, आफ्नो परिवारमाथि हुने रेडियशनलाई कम गर्न नचाहिएको बेलामा घरको वाइफाइ बन्द गर्ने जस्ता कुराहरुलाई ध्यान दिऔँ भने बालबालिकाहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ्य राख्न सकिन्छ । आफ्नो ख्याल राखौ, जनचेतना जगाऔं...... (लेखक हाल शंकर नेत्रालय चेन्नाईमा नेत्र विशेषज्ञ स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत छन् ।)

 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update