Shittalpati
क्षयरोग निवारण संस्था पाल्पाको अध्यक्षमा श्रेष्ठ

पाल्पा, नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको अध्यक्षमा विधान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तानसेनमा भएको ३७ औं साधारण सभा तथा १० औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

श्रेष्ठले यस अघि संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हादै आएका थिए । लामो समय राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ  सबै माझ लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । उनले जुन संस्थाको जिम्मेवारी सम्हाल्छन् सो संस्थाको संस्थागत विकास र उद्देश्य प्राप्तिमा जिम्मेवारका साथ लगनशील भएर लाग्ने गर्दछन् । जसका कारण पनि श्रेष्ठले क्षयरोग निवारण संस्थाको जिम्मेवारी पाएका हुन् ।  अध्यक्षको जिम्मेवारी पाएसँगै उनले विगतदेखि क्षयरोग र एचआईभीका क्षेत्रमा थप सशक्त भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । अधिवेशनले उपाध्यक्षमा सुकुन्तला श्रेष्ठ, सचिवमा झपेन्द्र गहिरे, उपसचिवमा मधुदयाल सैजु,कोषाध्यक्षमा सरोजलाल शाक्यलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मोहन प्रसाद श्रेष्ठ, सुशिल प्रधान, विरेन्द्र काजी श्रेष्ठ, जयराम सापकोटा, सकुन्तला शाक्य र शंकर रायमाझी रहेको जयराम सापकोटाले जानकारी दिए । अधिवेशनको  संस्थाकी केन्द्रीय उपाध्यक्ष शोभा शाक्यले उद्घाटन गरेकी थिइन् । कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको बताइन् । शाक्यले जिल्लामा क्षयरोग निवारणको क्षेत्रमा संस्थाले पुर्‍याएको योगदान अतुलनिय रहेको  उल्लेख गरिन् । आफ्नै सुविधा सम्पन्न भवनबाट सेवाप्रवाह गरेको संस्थाले कार्यक्रम, योजनाहरुमा पारदर्शिता प्रदर्शन गरेको उनको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदी, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेत्रज्योती संघ पाल्पाका सभापति वुद्धि प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, आजिवन सदस्य रमा पन्थी लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा संस्थाका सचिव झपेन्द्र गैरेले संस्थाको गतिविधि सहितकको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोजलाल शाक्यले  २४ लाख ६४ हजार २५ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका कावा अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, सहसचिव सुलोचना शाक्यको स्वागत, सचिव झपेन्द्र गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थाले विगतदेखि नै क्षयरोग र एचआईभी सम्बन्धी सचेतनाका कार्यक्रमहरु समुदायस्तरमा सञ्चालन गर्दै आएको छ । सचेतनाको माध्यमबाट नै क्षयरोग, एचआईभी नियन्त्रण गर्न सकिने भन्दै संस्थाले बौद्धिक वर्ग विद्यार्थी, शिक्षक, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मीहरुलाई समय–समयमा सचेतनामूलक प्रशिक्षण समेत दिर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update