आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
मंगलबार, फागुन १७, २०७८
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, फागुन १६, २०७८
जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु
सोमबार, फागुन १६, २०७८
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु भएको छ । आइतबार राती अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका १ गैरगाउँका २८ वर्षीय सुदिप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने
सोमबार, फागुन १६, २०७८
सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’
सोमबार, फागुन १६, २०७८
सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ ।
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय
सोमबार, फागुन १६, २०७८
गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकी छन् । काठमाडौँमा बस्न थालेपछि उनी ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन । संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो ।
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो
आइतबार, फागुन १५, २०७८
पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, फागुन १५, २०७८
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
आइतबार, फागुन १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।


