Shittalpati
रेसुङ्गामा हिल टंकी, बलाङ्केट र धागो वितरण

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा २ को आयोजनामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाड्ढेट र धागो वितरण गरिएको हो । वडा २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाड्ढेट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदय बहादुर थापाले जानकारी दिए । सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत कुल ३ लाख लागतमा हिल टंकी, बलाड्ढेट र धागो बितरण गरिएको वडाध्यक्ष थापाले बताए ।

रेसुङ्गा नगरपालिकाका उपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र वडाध्यक्ष उदयबहादुर थापाले लाभग्राहीलाई सामाग्री बितरण गरेका हुन् । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले वडाको सर्वदलीय निर्णय अनुसार ज्येष्ठ नागरिक सम्मानका लागि बलाड्ढेट वितरण, एकल महिलालाई एकल महशुसबाट टाढा राख्न धागो र खानेपाली संकलनका लागि हिल टंकी बितरण गरेको बताएका थिए । सम्मान भावनात्मक एकता भएको भन्दै मरासिनीले ज्येष्ठ नागरिक सम्मान गर्न पाउँदा आफू हर्षित बनेको बताएका थिए । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या केही हदसम्म कम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी मझेङ खानेपानीको काम सकिएपछि खानेपानीको अभाव नहुने बताएका थिए । रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले सबै प्रकारका समूहलाई लक्षित वर्गको रुपमा नगरपालिकाले काम गरिरहेको बताइन् ।

रेसुङ्गा नगरपालिकाले जनताको हितमा थुप्रै काम गरिरहेको भन्दै उपप्रमुख भण्डारीले देशभरका ४ पालिका मध्ये रेसुङ्गा नगरपालिकाले पनि सफ्टवेयरबाट काम गरिरहेको जानकारी गराएकी थिइन् । नागरिकलाई स्थानीय सरकारको महशुस गराउनका लागि नगरपालिकामा वडामार्फत सामाजिक तथा समावेशी लक्षित कार्यक्रम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update