Shittalpati
गंगा, जमुना लघु चलचित्र प्रदर्शन

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।

चलचित्र प्रदर्शन कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी चलचित्र आफैमा सन्देशमूलक रहेको बताए । सहज र सरल ढंगबाट सचेतना जगाएको चलचित्रमा पात्रहरुले जीवन्त भूमिका निभाएको धारणाव्यक्त गरे । अझै पनि हाम्रो समाजमा बाल विवाह पूर्ण रुपमा नरोकिएको अवस्थामा गंगा, जमुना लघु चलचित्रले दिन खोजेको संदेश महत्वपूर्ण रहेको अध्यक्ष जिसीले बताए । कार्यक्रममा सरस्वती माविका प्रअ किशोर अर्याल, सहायक प्रअ मदन नेपाल लगायतले लघु चलचित्र सन्देश मुलक रहेकोे बताए । कार्यक्रम म्याप नेपालका फोकल शिक्षक मन गहिरेको अध्यक्षता, मोहन कन्या बाल क्लबका सदस्य सुशीला खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको क्लवले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update