Shittalpati
‘बजाज पाँचको पञ्च’ अफर

पाल्पा, नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको छ । कम्पनी नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको हो ।

यो योजना अन्र्तगत ग्राहकहरुले बजाजको मोटरसाइकल किन्दा पाँच पटकसम्म पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत मोटरसाइकल किन्ने बेलामा १ हजार रुपैयाँसम्मको छुट पाउन योग्य हुने कम्पनीले बताएको छ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट मोटरसाइकल खरिद गर्ने बेलामा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल खरिद प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर मोटरसाइकल रोजेवापतको र खरिदका लागि बुकिङ गर्दा पाइने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने छ । यो अफरको बारेमा अरुलाई रिफर गर्दा र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीन पटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्नेछ । कम्पनीका अनुसार समग्रमा सोचेर, हेरेर, किनेर, भनेर एवं बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण ‘बजाज पाँचको पञ्च’ राखिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update