Shittalpati
गुल्मेली संगम पाल्पाले गर्‍यो सहायक प्रजिअको विदाइ

पाल्पा, गुल्मेली संगम पाल्पाले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको विदाइ गरेको छ । संगमले सह–सचिव पदमा नाम निकाली अन्यत्र जान लागेका घिमिरेलाई एक औपचारिक कार्यक्रमका बिच सोमबार विदाइ गरेको हो ।

गुल्मीका घिमिरे नेपाल सरकारको सह–सचिवमा नाम निकालेर संघीय मामिला तथा स्थानीय प्रशसान मन्त्रालयमा जान लागेका हुन् । उनलाई गुल्मेली संगमका अध्यक्ष भेषराज सुवेदी, जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासीनी र प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले खाता, अविर र प्रमाणपत्र प्रदान गरी विदाइ गरेका थिए । विदाइ हुँदै घिमिरेले संगमले आफुप्रति देखाएको सद्भाव र माया अतुलनीय रहेको बताए । उनले आफु जहाँ भए पनि गुल्मी र गुल्मेलीहरु प्रतिको माया सधैव रहीरहने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय पाल्पाकी कार्यवाहक प्रमुख मरासीनीले घिमिरेले सह–सचिवमा नाम निकालेर जान लाग्नु भएको प्रति खुसी व्यक्त गर्दै उहाँको प्रगति नै गुल्मेलीको प्रगति भएको बताईन् । उनले घिमिरेको थप सफलताको शुभकामना समेत व्यक्त गरिन् । संगमका अध्यक्ष सुवेदीले जिल्लामा आउने गुल्मेलीलाई स्वागत र जिल्लाबाट विदाइ भएर जानुहुने गुल्मेलीहरुको विदाइ गर्ने संस्कारको परिपाटी संगमले बसालेको बताए । उनले जहाँ भए पनि गुल्मेली प्रति माया र सद्भाव दर्शाउन विदाइ भएर जान लागेका सहायक प्रजिअ घिमिरेलाई आग्रह गरे ।

कार्यक्रममा गुल्मी जन्मथलो भई पाल्पामा बसोबास गर्दै आएका विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । संगमका अध्यक्ष सुवेदीको अध्यक्षता, विष्णु घर्तिको संयोजकत्व र सचिव महेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update