एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
शुक्रबार, चैत १७, २०७९
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
शुक्रबार, चैत १७, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
शुक्रबार, चैत १७, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि
शुक्रबार, चैत १७, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
शुक्रबार, चैत १७, २०७९
आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार, चैत १७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । दाहालले योसँगै तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे ।
आजदेखि एसईई परीक्षा, पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुँदै
शुक्रबार, चैत १७, २०७९
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ हजार २ सय ५७ र छात्र २ हजार २ सय ८९ रहेका छन् ।...
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’
शुक्रबार, चैत १७, २०७९
स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।
पालिकामा सेवा विस्तार गर्दै पाल्पा आँखा अस्पताल
शुक्रबार, चैत १७, २०७९
, झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले पाल्पाका सबै पालिकाहरुमा सेवा विस्तार गर्दै जाने बताएको छ । जिल्लाका रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा सेवा विस्तार गरिसकेको अस्पतालले १० पालिकामा आफ्नो सेवालाई विस्तार गर्ने गरी अगाडि बढेको हो ।
वर्तमान नेपालको अर्थतन्त्र : एक विश्लेषण
शुक्रबार, चैत १७, २०७९
भन्ने गरिन्छ, अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो । नेतृत्व वर्ग र सरकार सञ्चालकका लागि आर्थिक वृद्धि समृद्धिको नारा र जनतामा आश्वासन बाड्ने आधार पनि हो । विकास,जनताको जीवनस्तर र रोजगारी प्राप्त गर्न सकिने आधार पनि हो । यसैका आधारमा योजना तथा वजेटका कार्यक्रमहरु तय गरिन्छ तर Covid-19 र रसिया...
एसईई परीक्षा मर्यादित होस्
शुक्रबार, चैत १७, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
स्वर्णिम वाग्लेले काँग्रेस छोडे
बिहीबार, चैत १६, २०७९
स्वर्णिम वाग्लेले आफू नेपाली काँग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पाल्पाका पत्रकारको आँखा जाँच
बिहीबार, चैत १६, २०७९
पाल्पाका पत्रकारको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारको निःशुल्क रुपमा आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा बिहीबार तानसेनमा आँखा जाँच गरिएको छ ।

