Shittalpati
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको  छ ।  ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मंगलबार राती मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update