महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक
शनिबार, वैशाख ९, २०८०
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै
शनिबार, वैशाख ९, २०८०
गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो
शनिबार, वैशाख ९, २०८०
तम्घासमा सडक किनारका अतिक्रमित संरचना भत्काउने कार्य थालिएको छ । मापदण्ड विपरीत निर्माण गरिएका संरचनाहरु भत्काएर सडक र फुटपाथ व्यवस्थित बनाउन लागिएको हो ।
पाल्पामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
जिल्लाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्युु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिदां स्कुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने घाइते भएका...
गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान मिसन अस्पताल पाल्पामा उपचारका क्रममा निधन भएको हो ।
त्रिविको परीक्षा सर्याे
शुक्रबार, वैशाख ८, २०८०
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अन्तर्गत वैशाख १० गतेको परीक्षा सरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको हो ।
विक्री नहुँदा गोदाममै थन्किए काठका भाँडाकुँडा
शुक्रबार, वैशाख ८, २०८०
स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास,...
उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
शुक्रबार, वैशाख ८, २०८०
वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम...
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालतले दिएन अन्तरिम आदेश
बिहीबार, वैशाख ७, २०८०
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालत तुल्सीपुर,बुटवल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतमा परेको रिट निवेदनको विहीबार भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
बिहीबार, वैशाख ७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।
१ सय ५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन
बिहीबार, वैशाख ७, २०८०
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो
बिहीबार, वैशाख ७, २०८०
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै तानसेन नगर सरकारले संरचना भत्काउने कार्य रोकेको हो ।


