Shittalpati
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक

पाल्पा, तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।

जेभिटीमा प्राविधिकधारतर्फ अध्ययनरत सिभिल इन्जिनियरिङका विद्यार्थीले निर्माण गरेका विभिन्न किसिमका सामग्रीमा विद्यार्थी र दर्शकहरुको आकर्षकण देखिएको हो ।  

अन्य स्टलको तुलनामा यहाँको स्टलमा विद्यार्थी र अन्य दर्शकहरु झुम्मिएका थिए । सिभिल इन्जिनियरिङका विद्यार्थीले वाटर ट्रिटमेण्ट प्लान्ट, थ्रु आरच वृज, रेन वाटर हारभेष्टिङ्ग, ट्रस वृज जस्ता सामग्री निर्माण गरी प्रर्दशन गरेका थिए ।   

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update