Shittalpati
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक बर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।
दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र समग्र विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवसका अवसरमा विद्यालय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले विविध कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

दिवसका अवसरमा विद्यालयहरूमा वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, हाजिरीजवाफ, कविता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । यस्तै बाल अधिकारसम्बन्धी अन्तरक्रिया, सचेतनामूलक र्‍ याली, खेलकुद तथा बालबालिकाको प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम पनि हुँदै छन् । नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बालश्रम शोषणको घटना उत्तिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बच्चित बालबालिकाको संख्या ठूलो रहेको छ । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिका सम्बन्धी घटनाहरु हुने गर्दछन् । 
    संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी समग्र विकासको प्रत्याभूत गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update