Shittalpati
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’  

हाम्रा संववाददाता 
गुल्मी,
नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिको नवौं बैंठकले गुल्मी क्षेत्र १ का सांसद समेत रहेका डा.भण्डारी जलनमा परी घाईते भएको चार महिनापछि स्वास्थ्यलाभ गरी पहिलो पटक संसद्मा आफै उपस्थित भई नेपालीको आवश्यकता, भावना र मर्म छुने गरी दिएका अभिव्यक्तिहरुलाई सरकारले नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेको हो ।

 गत बुधबारको संसद्मा डा. भण्डारीले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग आग्रह गरेका थिए । उनले जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल आवश्यकता रहेको औल्याउदै सभामुुखमार्फत सरकारलाई अस्पताल निर्माणका लागि आग्रह गरेको विषयलाई सरकारले गम्भीरताका साथ दिई नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न बैठकमार्फत सरकारलाई आग्रह गर्ने निर्णय गरिएको पार्टी सचिव भगत सिंह खड्काले जानकारी दिए । उनले भने‘ डा.सांसद भण्डारीले जलन जस्तो चुनौतीपूर्ण समस्यामा विपन्नहरु बढी मारमा परेको विषयलाई खुलेर संसद्मा बोल्नुुभएको छ, त्यसलाई सरकारले नीति, बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्छ भन्ने गुल्मी काँग्रेसको माग हो । त्यसलाई हामीले बैंठकबाटै निर्णय गराएका हौं ।’  

पार्टी सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैंठकले काँग्रेस नेता डा.चन्द्र भण्डारीको आशिंक स्वास्थ्यलाभ पछिको पहिलो संसदमा व्यक्त भएका महत्वपूर्ण विचारहरुप्रति सम्मान व्यक्त गर्दै सरकारले भावि योजना र बजेटमा उहाँका विचारलाई समावेश गरोस् भन्ने प्रस्ताव बैंठकमा पेस गरेसँगै, एक स्वरमा प्रस्ताव पारित भएको पार्टीका अर्का सचिव जगदीश भट्टराईले जानकारी दिए ।  बैंठकमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुुवनप्रसाद श्रेष्ठ, सह–महामन्त्री विष्णु मुस्कान, प्रदेश सदस्यहरु शान्ता भण्डारी, माधव खरेल लगायतका नेताहरुले सांसद भण्डारीले छुुट्टै जलन उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, जलनबाट पीडित नागरिकलाई क्यान्सर, किड्नी रोगका विरामीलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने, ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने लगायतका कुरा उठान गरेकाले सरकारले ति विषयलाई मनन् गरी बजेट तथा कार्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिए ।

पार्टी प्रवक्ता उदय थापाका अनुसार बैंठकमा ओम्नि, यति, बालुवाटार जग्गा प्रकरण, सुनकाण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण जस्ता सबै अनियमिताहरुका घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानवीन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरिएको थियो । शरणार्थी प्रकरणमा काँग्रेस केन्द्रको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने मागका विषयमा पनि छलफल भएको छ । बैंठकले जिल्ला कार्यसम्पादन समितिमा पाँच जना सदस्य थप गर्ने, संगठनलाई चुस्त दुरुस्त र गतिशिल बनाउन विधानले व्यवस्था गरेका ३० जना विभागीय संयोजक मनोनित गरी १५ दिनभित्र सबै विभागीय संयोजकले विभागलाई पूर्णता दिने, जनप्रतिनिधी र नेताहरुलाई जेठ महिना भित्रै प्रशिक्षण दिने समेत निर्णय गरेको प्रशिक्षण विभागका प्रमुख अनन्तराज पौडेलले बताए । बैंठकले नेपाली काँग्रेस मुसिकोट १ निवासी काँग्रेसका पूूर्ववडा सभापति हरिबहादुर थापाको दुःखद निधन भएकोमा शोक प्रस्ताव पारित समेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update