Shittalpati
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन

पाल्पा,प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।  शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।

युनियनले आश्रममा पुुगेर त्यहाँ रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएको छ । उसले त्यहाँ रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई एक छाक भोजन गराएको हो । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको युनियनका जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।  उनले भनिन् ‘बेसहारा भई आश्रममा पुुगेका आमाबुवाहरुलाई एक छाक भए पनि खाना खुवाएर उनीहरुप्रति सम्मान र आदर प्रकट गरिएको हो ।’

जिल्लाको टिमसँगै आश्रममा पुगेका प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले लोकतन्त्र, गणतन्त्र, सघीय व्यवस्था ल्याउनमा  प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै विपन्न, असहाय, अशक्तहरुको पक्षमा समेत युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउँदै आएको धारणा व्यक्त गरे । युनियनका निवर्तमान जिल्ला अध्यक्ष भरत शर्माले आफुु नेतृत्वमा हुुँदा युनियनको स्थापना दिवस अश्रममै मनाएको स्मरण गर्दै नयाँ नेतृत्वले समेत आश्रममा रहेका वृद्धवृद्धा आमाबुवाहरुप्रति सद्भाव देखाएकोमा खुसी व्यक्त गरे । युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीले श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको बताए । उनले भने ‘जहिले पनि यि वर्गका व्यक्तिहरु पत्रकारको प्राथमिकतामा पर्ने भएकाले पनि युनियनको स्थापना दिवस उहाँहरुसँगै बसेर मनाउने गरेका हौं ।’

निलसागर आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । संयोजक बज्रचार्यले भने‘ हामीले सहयोगीहरुबाटै वृद्धवृद्धाहरुको व्यवस्थापन गर्दै आएका छौं, अहिले उहाँहरुलाई खानाको व्यवस्थापन गर्न निकै धौं धौं भएको छ । पानीको समेत समस्या झेल्नुु परेको छ ।’ आश्रमको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान सकेमा केही भए पनि सहज हुने उनले बताए । तानसेन नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले तानसेन नगर सरकारले आर्थिक वर्षको बजेटमा आश्रमको व्यवस्थापनको विषय समावेश  गरेको बताए । पत्रकारहरुले भोजन गराएकोमा आश्रममा रहेका बुुवाआमाहरु उत्साहित भएका थिए ।  औपचारिक कार्यक्रम युनियनका सभापति मन गहिरेको सभापतित्व,सचिव विष्णुु प्रसाद घिमिरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update