Shittalpati
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)

पाल्पा, जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।

आम नागरिकलाई महिनावारीको ज्ञानबारे सचेत गराई चलिआएको अन्धविश्वास हटाउने मेलाको मुख्य उद्देश्य रहेको थियो । मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारी सम्बन्धित सचेतनामूलक स्टलहरु राखिएका थिए । स्टलबाट प्रजनन स्वास्थ्य, महिनावारी जस्ता विषयमा आवश्यक परामर्श र जानकारी गराइएको थियो । मेलामा पुनः प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत समेत गरिएको क्लवकी पव्लिक रिलेसन अफिसर स्नेहा बस्नेतले बताईन् । उनका अनुसार प्याडको प्रयोग र फाइदाको ज्ञान पनि दिइएको थियो । २ सय ५० भन्दा बढीले मेला अवलोकन गर्नुको साथै महिनावारी, स्वास्थय प्रजनन्,प्याडको प्रयोग, बनाउने तरिकाका विषयमा जानकारी लिएका छन् ।

महिनावारीप्रतिको गलत दृष्टिकोणलाई हटाउने र स्वस्थ रहने बानी बसाल्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष रो.राजेश कोइरालाले बताए । उनले भने ‘महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा गर्दैनन् । प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम समेत छन् । रजस्वलासम्बन्धीकै गलत धारणा र अन्धविश्वास चिर्नका लागि मेला आयोजना गरेका हौं ।’

20230527_133917 (1)1685194196.jpg

मेलाको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्धुुप्रसाद बास्तोलाले क्लवले महिनावारी जस्तो संवेदनशील विषयमा सचेतनामूलक मेला आयोजना गरेर प्रशसनिय कार्य गरेको बताए । उनले महिनावारीको परम्परागत धारणा तथा स्वच्छताका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले महिनावारी मेला ग्रामीण भेगमा पुगेर सचेत गराउन सके अझ प्रभावकारी बन्ने बताए । उनले गाउँ–गाउँमा यस्ता कार्यक्रमको महत्व हुने धारणा व्यक्त गरे ।  कार्यक्रममा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन, परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोबकान्त न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुुमन गैरे, क्लवका चार्टर प्रेसिडेन्ट रो. केशव खनाल, रोट्रयाक क्लव अफ तानसेनका रो.कला दाहाल, कार्यक्रम संयोजक रो.नमूना रसाईली, क्लवका सचिव सुुदेशा रिमाल लगायतले मेलाले महिनावारीसम्बन्धी कुप्रचलन हटाउन मत्वपूर्ण भूमिका खेल्ने भन्दै स्थानीय तहले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रति भएका भ्रमहरु चिर्न सकिने बताएका थिए । क्लवकी रो. सजना नेपालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

20230527_1339591685194287.jpg

महिनावारीलाई पनि रमाइलो ढंगले मनाउन सकिने सन्देश मेलाले दिएको छ । मेलामा परिवार नियोजन संघ पाल्पाले पनि क्लवसँग समन्वय गरी मासिक कप र अन्य साधानहरुको बारेमा जानकारी दिन स्टल राखेको थियो । शनिबार बिहान दश बजेदेखि साँझा ५ बजेसम्म मेला भएको थियो । विद्यार्थी र बुढापाकाहरु समेत मेलामा सहभागी भएका थिए । मेलामा विभिन्न सन्देशमूलक प्रचारको स्टल, खेल प्रतियोगिता समेत रहेका थिए । क्लवले मे २२ देखि साताव्यापी रुपमा महिनावारी सप्ताह सञ्चालन गरेको थियो । सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई महिनावारीका बारेमा जानकारी गराउनुुको साथै प्याडको प्रयोग र निर्माण गर्ने तरिका सिकाइएको थियो । यस्तै क्लवले आमसमूहमा आवद्ध महिला दिदी बहिनी तथा आमाहरुलाई गर्भ अवस्थाका बारेमा पनि जानकारी गराएको थियो । 

20230527_1340171685194386.jpg

20230527_1340341685194451.jpg

20230527_1357341685194491.jpg

 

20230527_1404051685194157.jpg

20230527_1340021685194329.jpg

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update