Shittalpati
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई

पाल्पा,नेपाली काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखको जिम्मेवारी जगदीश भट्टराईलाई  दिइएको छ । काँग्रेसले जिल्लाको संगठन विभागको जिम्मेवारी पार्टी सचिव, युवा तथा प्रभावशाली नेता भट्टराईलाई दिएको हो ।

पार्टी सचिवको कूसलतापूर्वक जिम्मेवारी प्रदान गर्दै आएका भट्टराईलाई संगठन विभागको जिम्मेवारी प्रदान गरिएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । कैलाशनगर मिडिया प्रालिका अध्यक्ष, सहकारी अभियान्ता समेत रहेका भट्टराई जिल्लाको सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

लामो समय पत्रकारिता क्षेत्रमा  सक्रिय भट्टराई पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय हुुँदै आएका हुुन् ।  नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनले सामाजिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । संगठन विभागको जिम्मेवारी पाएसँगै नेता भट्टराईले पार्टी संगठनलाई चुस्त र बलियो बनाउने दिशामा आफु सक्रिय भएर लाग्ने बताए । उनले पार्टी तहका सम्पूर्ण संगठनलाई चलायमान बनाउदै काँग्रेसलाई नयाँ दिशा दिने काममा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।   

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update