Shittalpati
प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले भोलि ३२ औं स्थापना दिवस मनाउन लागेको छ । युनियनले शनिबार तानसेनमा रहेको निलसागर आश्रमका वृद्धवृद्धाहरुलाई एक छाक भोजनदान गरी स्थापना दिवस मनाउन लागेको हो ।

बेसहारा भई आश्रममा पुुगेका आमाबुवाहरुलाई एक छाक भए पनि खाना खुवाएर उनीहरु प्रति सम्मान र आदर प्रकट गर्न युनियनको स्थापना दिवस आश्रममा मनाउन लागिएको युनियनका जिल्ला अध्यक्ष मन गहिरेले बताईन् । उनले भनिन्‘ हामीले हरेक वर्ष केही न केही रचनात्मक कामहरु गर्दै स्थापना दिवस मनाउँदै आइएका छौं, गत वर्ष पनि आश्रममै पुुगेर स्थापना दिवस मनाएका थियौं, यस पटक पनि हामी त्यही जाने निर्णय गरेका हौं ।’ श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको अध्यक्ष गहिरेले बताईन् । उनले भनिन् ‘जहिले पनि यि वर्गका व्यक्तिहरु पत्रकारको प्राथमिकतामा पर्ने भएकाले पनि युनियनको स्थापना दिवस उहाँहरुसँगै बसेर मनाउने गरेका हौं ।’

श्रमजीवी पत्रकारहरुको हकहित सरक्षणका गर्न लोकतन्त्रवादी पत्रकारको छाता संस्थाको रुपमा नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ गते भएको हो । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update