Shittalpati
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै

कृष्ण पोखरेल
पाल्पा,
  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा–वडाबाट संकलन हुने राजश्वलाई व्यवस्थित गर्न लागेको छ । वडाबाट संकलन हुने विविध प्रकारका राजश्वहरु डिजिटल प्रणालीमा आवद्ध गर्नको लागि पालिकाले वडा कार्यालयका कर्मचारीहरूलाई केन्द्रित गरेर स्थानीय स‍ञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजश्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरेको छ । स्थानीयतहको वित्तिय पारदर्शीता, जवाफदेहिता अभिवृद्धि गर्ने, स्थानीय तहको आर्थिक कार्यप्रणाली लेखाङ्कन आधार एवं ढाँचा पद्धतीमा एकरुपता ल्याउने अभियानाका साथ  स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली लागि गरिएको हो । महालेखा परीक्षकको कार्यालयको अगुवाईमा सरकारले सबै स्थानीयतहहरुमा यो प्रणाली लागु गर्न अनुरोध गर्दै आएको छ ।

तालिम कार्यक्रममा गाउँपालिका  अध्यक्ष रुक्माङ्गत भट्टराइले पालिकाको वित्तिय कारोबारलाई विश्वसनीय बनाउन यो तालिम प्रभावकारी हुने बताए । उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, राजश्व शाखाका प्रमुख  हरि प्रसाद पराजुली लगायतले वडा–वडाबाट संकलन हुने राजश्व व्यस्थित हुने, डिजिटल प्रणालीमा हुँदा पालिकाले आम्दानी खर्चको आधारमा कार्ययोजना बनाउन सक्ने, पारदर्शी हुने कुरामा जोड दिएका थिए । तालिम कार्यक्रममा राजश्व शाखाका प्रमुख पराजुलीले सहजीकरण गरेका थिए । तालिममा पालिका भित्रका ८ वटै वडाका कर्मचारी तथा सचिवहरुको सहभागिता रहेको सूचना अधिकृत नारायण मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update