Shittalpati
तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने  

कृष्ण पोखरेल
पाल्पा,
तानसेन नगरपालिकाको आयोजना र स्विस सरकारको सहयोगमा यही जेठ १२ तानसेनमा रोजगार मेला सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले पत्रकार सम्मेलन गरी वडा नंं ४ मखनटोल दरवार क्षेत्रमा रोजगार मेला गर्न लागेको नगर प्रमुख सन्तोषला श्रेष्ठले जानकारी दिए ।

रोजगार मेलामा शिक्षा तथा युवा खेलकुद विकास समितिका संयोजक प्रदिप खनालले रोजगार मेलाको उद्देश्य, अवधारण, हालको अवस्था बारे जानकारी दिएका थिए ।  मेलामा आएका बेरोगार युवाहरुले आफ्नो रोजाईको काममा फर्म भरी तत्कालै रोजगारी पाउने व्यवस्था मिलाइएको संयोजक खनालले बताए । रोजगार मेलाको प्रदेश सांसद विरबहादुर रानाले शुभारम्भ गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।

तानसेन नगरपालिकका बेरोजगार जनताहरुलाई लक्षित गरेर मेलाको आयोजना गरिएको उपाध्यक्ष प्रतिक्षा गाहा सिंजालीले बताईन् । तानसेनको ढाका, करुवा, होटल, कृषि तथा पशुपालन क्षेत्रमा मेला केन्द्रित रहने छ । मेलामा करीव २ हजार ५ सय जनाले अवलोकन गर्ने लक्ष्य नगरपालिकाले लिएको शिक्षा अधिकृत कोपिला न्यौपानेले बताईन् ।  मेलामा ३५ वटा तानसेनका उधोग व्यबसायी, परामर्शदाता तथा रोजगारी तालिम दिने संस्थाका स्टलहरु रहने छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update