Shittalpati
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु

पाल्पा, जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।

तीन तले कच्ची घरको दोस्रो तलाबाट अचानक लडेर घाइते भएका डोटेलको उपचारका क्रममा रामपुर अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update