Shittalpati
दिदीको बहिनीलाई बाख्रा उपहार

पाल्पा,जिल्लाको रामपुर नगरपालिका –२ तिलिङडाँडामा  दिदीको बहिनीलाई बाख्रा उपहार प्रदान गरिएको छ ।  रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत दिदी समूूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेको हो ।

         परियोजनामा मुल समुहले उपहार समुहलाई बाख्रा उपहार दिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार बाख्रा उपहार प्रदान गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । उक्त उपहार बाख्रा नगर प्रमुख रमणबहादुर थापाले बहिनी समूहलाई हस्तान्तरण गरेका हुन् । बाख्रा हस्तान्तरण गर्दै नगर प्रमुख थापाले उपहार स्वरुप प्राप्त बाख्राको सही सदुपयोग गर्दै व्यवसायिक रुपमा बाख्रापालनमा जोड दिन आग्रह गरे । उनले आर्थिक समृद्धि र आत्मनिर्भर बन्नका लागि व्यसायिक रुपमा बाख्रा पालन गरे नगरपालिकाले सहयोग गर्ने बताए । नगर प्रमुख थापाले बैंकबाट ऋण लिएर व्यवसायिक फर्म सञ्चालन गरे त्यसको व्याज नगरपालिकाले तिरिदिने बताए । उनले व्यक्तिगत वा सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायिक बाख्रा पालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । नगर भित्रका कृषि तथा पशु उत्पादनको बजारिकणका लागि नगरपालिकाले सहजिकरण गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । उपहारको रुपमा पाएको बाख्राबाट बढी भन्दा बढी उत्पादन गरेर उदहारणीय व्यवसायी बन्नुुपर्ने बताए । २ का वडा अध्यक्ष कृष्णबहादुर दर्जीले राम्रो हेरचाह र लगनशिल भएर काम गरे वडा बाख्रा पालनका लागि उपयुक्त स्थान रहेको बताए  साथै महिला दिदीबहिनीहरुमार्फत प्राप्त माउ पाठी बाख्राबाट राम्रो आम्दानी गरी बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्न उनले आग्रह गरे । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले महिला दिदीबहिनिहरुलाई बाख्रा पालन गरेर उद्यमी बन्न आग्रह गरे । आर्थिक समृद्धिका लागि महिला दिदीहरुले बहिनी समूूहलाई उपहार प्रदान गरेको भन्दै उनले यसको सही सदुपयोग गर्नु पर्नेमा जोड दिए । उपहार प्रदान गरेका र उपहार प्राप्त गरेका सबै दिदी बहिनीहरुले बाख्रापालनलाई निरन्तरता दिन उनले सुझाए । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् । 

        कार्यक्रममा चौतलादेवि स्वाबलम्बन महिला समूूहले कृष्णदेवि स्वाबलम्बन महिला समूूहका दिदी बहिनीहरुलाई १८ वटा माउ पाठी बाख्रा हस्तान्तरण गरेको हो । चौतलादेवि स्वाबलम्बन महिला समूूहका उपाध्यक्ष कल्पना थापाको अध्यक्षता, सदस्य सम्झना थापाको स्वागत, सचिव टकमाया थापाको सञ्चालनमा बाख्रा वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update