Shittalpati
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै 

पाल्पा, जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो । 

सम्मेलनको तयारी अन्तिम चरणमा  पुुगेको महासघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए । उनका अनुसार सम्मेलनको श्री १००८ स्वामी स्वरुपानन्दले उद्घाटन गर्ने गरी कार्यक्रम तय भएको छ । सम्मेलनमा देशभरका धर्मावलम्बीहरुको उपस्थिती रहने छ ।  सो अवसरमा वेद र मानवका विषयमा वेदान्तचार्यहरुले सहजीकरण गर्ने जनाइएको छ ।  

धर्म धर्म बिच भएका द्धन्द, जाति, लिङ्गमा भएका विभेद, शास्त्रमा भएका फरक मतलाई अन्तक्र्रियाको माध्यम र शास्त्रीय मतबाट सहजीकरण गर्ने, समाजमा उत्पन्न भएर हुर्किरहेका अमानविय द्धन्द्ध र कपोलकल्पीत सामाजिक मान्यतामा भएका व्यवहारिक विभेदलाई वैदिक आधारमा समता मूलक समाज छ भनि प्रमाणित गर्न सम्मेलन आयोजना गर्न लागिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष पौडेलले बताए । सम्मेलन तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा हुने जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update