रामपुरका थप ८७ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मंगलबार, साउन १६, २०८०
खिर खाएर मनाइयो साउने पन्ध्र
सोमबार, साउन १५, २०८०
खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड
सोमबार, साउन १५, २०८०
साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् ।
आज साउन पन्ध्र : खिर खाने दिन
सोमबार, साउन १५, २०८०
साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ
आइतबार, साउन १४, २०८०
नेपाल तरुण दल कालीगण्डकी गाउँपालिका गुल्मीको सभापतिमा सुरेश श्रेष्ठ सर्वसमत निर्वाचित भएका छन् । दरुण दल पालिकाको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसमत निर्वाचित गरेको हो ।-
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते
आइतबार, साउन १४, २०८०
जिल्लाको सत्यवती गाउँपालिका–२ चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा
आइतबार, साउन १४, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
आइतबार, साउन १४, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आइतबार, साउन १४, २०८०
मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय
शनिबार, साउन १३, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।
रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल
शुक्रबार, साउन १२, २०८०
सरकारले भुक्तानी नदिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा स्थगित गर्ने भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि साउन २१ गतेदेखि बीमा उपचार सेवा स्थगित गर्न लागिएको बताएको हो ।
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात
शुक्रबार, साउन १२, २०८०
तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए ।

