Shittalpati
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने

पाल्पा,  सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको भन्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट हालेका हुन् । 
टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता स्वागत नेपाल, सुनीलरञ्जन सिंह, सरिता थापा लगायत सर्वोच्च पुगेका छन् । 

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने छ । शनिबार सार्वजनिक बिदा तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेसी तोकिएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update