Shittalpati
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त

काठमाडौँ, दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा  र अश्रुग्यास प्रहार गरेको छ । 

विवादित मेडिकल व्यवसायी प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्ने र ढुंगा प्रहार गर्न थालेपछि प्रहारीले पानीको फोहोरा र अश्रुग्यास  प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् ।

प्रहरीले आफूमाथि ढुंगा प्रहार भएपछि र भीड निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि मूल भीडलाई तितरवितर पारिरहेको छ । फडपमा केही प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update